दिल्ली । भारतकाे दिल्ली प्रदेशमा आम आदमी पार्टीकी नेतृ आतिशी मुख्यमन्त्री बनेकी छिन् । उनलाई आज (शनिबार) उपराज्यपाल वीके सक्सेनाले शपथ ग्रहण गराएका छन् । अरविन्द केजरिवालले जेलबाट छुटेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि ४३ वर्षीया आतिशी मुख्यमन्त्री बनेकी हुन् ।
आतिशीका साथै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतले मन्त्री पदको शपथ लिएका छन् । दिल्लीमा आतिशीभन्दा अघि महिला मुख्यमन्त्री भाजपाकी सुष्मा स्वराज र कांग्रेस आईकी शिला दीक्षित बनेका थिए । आतिशी दिल्लीकी तेस्रो महिला मुख्यमन्त्री बनेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्