काठमाडौं ।मुख्य सचिव एक नारायण अर्यालले केहि महिनादेखि बस्न नसकेको केन्द्रिय अनुगमन तथा मूल्यांकन समितिको बैठक राखेर बजारमा हुन सक्ने कृत्रिम अभाव र कालोबजारी रोक्न सम्वन्धित निकायलाई कडा निर्देशन दिएका छन् ।
मुख्य सचि अर्यालले शुक्रबार सो बैठक राखेर समितिलाई चलायमान बनाउदै चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र मिसावट गर्ने जस्ता अस्वस्थ्य गतिविधिलाई नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रमुख जिल्ला अधिकारीहरुलाई आपसमा समन्वय गरी स्थानीयस्तरसम्मै अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
साथै मुख्य सचिव अर्यालले सार्वजनिक सवारी साधनको भाडा दर र सडक दुर्घटना न्यूनीकरण सम्वन्धमा यातायात व्यवस्था विभाग र सडक विभागले समन्वयत्मक रुपमा कार्य गरी हुन सक्ने ठगी र जनधनको क्षतिलाई रोक्न तथा संयुक्त बजार अनुगमनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्ने गरी निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्