Skip to content
Recent News
९ मंसिर २०८१, आईतवार

अमेरिकी पूर्वराष्ट्रपति ट्रममाथि फेरी गाेली प्रहार

Click media

एजेन्सी ।  अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको फेरि हत्या गर्ने प्रयास भएको छ ।आइतबार फ्लोरिडाको आफ्नो गल्फ कोर्समा गल्फ खेलिरहेको समयमा उनीमाथि आक्रणमको प्रयास भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तर ट्रम्पमाथि आक्रमण हुनु अगाडि नै सुरक्षाकर्मीहरुले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाइएको छ । गल्फ खेल्दै गरेका ट्रम्पभन्दा केही सय मिटर टाढा झाडीमा लुकेर बसेको अवस्थामा शंकास्पद व्यक्ति देखिएपछि सुरक्षाकर्मीले उनीमाथि गोली चलाएका थिए ।

गोली चलेपछि ती व्यक्ति त्यहाँबाट भागेका थिए । सुरक्षाकर्मीहरूले उनी भागेको स्थानबाट एके–४७ राइफल र अन्य सामानहरू बरामद गरेको छ । त्यहाँबाट भागेको केही समयमै प्रहरीले ती बन्दुकधारीलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति ५८ वर्षीय र्‍यान वेस्ली रूथ रहेको अमेरिकी सञ्चारमाध्यमहरू द न्युयोर्क टाइम्स र सिएनएनले उल्लेख गरेका छन् । बन्दुकधारीलाई ट्रम्प गल्फ खेलिरहेका छन् भन्ने कसरी थाहा भयो भन्ने विषयले उनलाई दिइएको सुरक्षास्तरबारे नयाँ प्रश्न उठेको छ । घटनापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत आफू ठीक रहेको जानकारी दिएका छन् ।

ह्वाइट हाउसले उक्त घटनाबारे राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई जानकारी गराइएको जनाएको छ । राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसले ट्रम्प सुरक्षित रहेकोमा राहत महसुस गरेको ह्वाइट हाउसका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । ट्रम्पमाथि आक्रमणको प्रयास भएको यो दोस्रो पटक हो ।

यसअघि जुलाई १३ मा पेन्सिलभेनियाको र्‍यालीमा सम्बोधन गर्दै गरेका ट्रम्पमाथि गोली नै प्रहार भएको थियो । त्यतिबेला उनको कानमा गोली लागेको थियो । र्‍यालीमा सहभागी एक समर्थकको मृत्यु भएको थियो । त्यतिबेला ट्रम्पमाथि गोली चलाउने २० वर्षीय थोमस क्रुक्सलाई सुरक्षाकर्मीले गोली प्रहार गरि मारिदिएका थिए । अमेरिकामा नोभेम्बर ५ राष्ट्रपति निर्वाचन हुँदैछ ।

NLICL

प्रतिक्रिया दिनुहोस्