Skip to content
Recent News
८ मंसिर २०८१, शनिबार

दोलखा एमालेको दशौ अधिवेशन पुष १९– २१ मा

Click media

दोलखा/नेकपा एमालेको दशौँ जिल्ला अधिवेशन आगामी माघ १९ देखी २१ सम्म सदरमुकाम चरिकोटमा आयोजना गरिने अधिवेशन आयोजक कमिटीका संयोजक नरबहादुर श्रेष्ठले बताउनु भयो ।
बुधवार प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलकाे सभापतित्वमा भएकाे पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पुष १६ र १७ गते सम्पन्न अधिवेशन आयोजक कमिटीको बैठकले उक्त निर्णय गरेको बताउनु भयो । बैठकले अधिवेशन उद्घाटनको लागि केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गर्ने निर्णय भएको पनि संयोजक श्रेष्ठले बताउनु भयो ।
अधिवेशन सम्पन्न गर्न बिभिन्न समिति बनाईएको पनि संयोजक श्रेष्ठले जानकारी दिनु भयो । अधिवेशनको लागि संयोजक श्रेष्ठको नेतृत्वमा पाँच सय एक सदसिय मूल व्यवस्थापन समिति बनाईएको छ ।

त्यसैगरी अधिवेशन आयोजक कमिटीका सहसंयोजक राजेन्द्र मानन्धरको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन समिति, मुरारीराज शिवाकोटीको नेतृत्वमा आर्थिक व्यवस्थापन समिति, श्रेष्ठकै नेतृत्वमा प्रतिवेदन लेखन समिति, हिराकुमार थोकरको नेतृत्वमा जनपरिचालन तथा यातायात व्यवस्थापन समिति, सुन्दर कार्कीको नेतृत्वमा ¥याली व्यवस्थापन समिति, प्रभु जिरेलको नेतृत्वमा प्रचार प्रसार समिति, हरि ओलीको नेतृत्वमा खाद्य व्यवस्थापन समिति, नविनकुमार लामाको नेतृत्वमा हल तथा मञ्च व्यवस्थापन समिति, जिवसराज खड्काको नेतृत्वमा झाँकी तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन समिति, शक्ति पाठकको नेतृत्वमा स्वयमसेवक परिचालन समिति, कमला वस्नेतको नेतृत्वमा अतिथि सत्कार समिति र ध्रुब आचार्यको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन समिति गठन गरिएको जनाईएको छ ।
अधिवेशन आयोजक कमिटीका संयोजक श्रेष्ठका अनुसार प्रतिनिधि छनौटको लागि हरेक वडा एक निर्वाचन क्षेत्र हुने र १५ जना संगठीत सदस्य वरावर एक जना प्रतिनिधि आउन पाउने छन् । त्यसैगरी सम्पूर्ण प्रतिनिधिको एक तिहाई महिला अनिर्वाय र दलित पार्टी सदस्यको लागि हरेक पालिका एक निर्वाचन क्षेत्र हुने पनि संयोजक श्रेष्ठले बताउनु भयो ।

NLICL

प्रतिक्रिया दिनुहोस्