Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

प्रसाईंलाई अदालत पेश गरियाे

Click media
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले अदालत उपस्थित गराएको छ ।

साइबर ब्यूरोले सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उनलाई उपस्थित गराएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले बताए । उनले भने, ‘अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद माग्छौं ।’

सीआईबीले प्रसाईंलाई मंगलबार विहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । सीआईबीले थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि प्रसाईंलाई अपराह्न आफू मातहतको साइबर ब्यूरोमा पठाएको थियो ।

 

NLICL

प्रतिक्रिया दिनुहोस्