Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

शिक्षासँगै समाजसेवामा रमाईरहेकी पहिलाे चेपाङ महिला प्रधानाध्यापक लालुमाया

Click media

मकवानपुर जिल्लाको साविक काँकडा हाल राक्सिराङ गाउँपालिका  वडा न. ६ सिलिङ्गेमा रहेको श्री राष्ट्रिय मा.वि.मा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आफ्नै गाउँमा शिक्षाकाे ज्याेति फैलाउने काम गरिरहेकि छिन् ।

लामो समय सोही विद्यालयमा अध्यापन गर्दै आएकी लालुमाया आफूले आफ्नै गाउँको विद्यालयमा आफ्नै गाउँका भाईबिहिनीलाई पढाउन पाउँदा आफूलाई निकै खुसी लाग्ने बताउछिन् ।

चेपाङ जातिबाट विद्यालयको प्रधानाध्यापकजस्तो गरिमामय पदमा पुग्न सफल उनी एक्ली चेपाङ महिला पनि हुन्  ।

चेपाङ बालबालिकाहरु अहिले पनि विद्यालय जानबाट बञ्चित भएको खबर सुन्दा नरमाइलो लाग्ने लालुमाया चेपाङ बालबालिकाको शिक्षाका लागि आफूले सक्दो सहयोग गरिरहेको बताउँछिन् ।

शिक्षा सेवाका अलावा सामाजिक कार्यमा समेत लागिराखेकी लालुमायाले गाउँ परिवर्तन हुनका लागि शिक्षाको ज्यातिलाई अगाडी बढाउनेपर्ने बिचार राख्छिन् ।

आफूलाई यस अवस्थामा पुर्याउनका लागि आफ्ना श्रीमान प्रशान्त चेपाङको महत्वपूर्ण हात रहेको बताउने उनी यही क्षेत्रमा लागेर समाजमा उदाहरणीय व्यक्तित्व बन्ने लक्ष्य समेत लिएकी छिन्  ।

परिवारको साथ र समर्थनबिना कोही पनि मानिस अगाडी बढ्न नसक्ने भएकोले अगाडी बढ्न चाहने व्यक्तिलाई परिवारले हरेक कुरा साथ र समर्थन गुर्नपर्ने मत उनी राख्छिन   ।

अहिले विद्यालयमा नै छात्रबास निर्माण गरेर टाढाटाढाबाट आएका विद्यार्थीहरुलाई पढाउने व्यवस्था गरिरहेको र निकट भविष्यमा सोही विद्यालयमा प्लस टु सम्मको अध्यापन गराउने तयारी पनि लालुमायाको रहेको छ ।

चेपाङ बालबालिकालाई सधै अगाडी बढ्न उत्प्रेरित गरिरहने लालुमायाको उज्जवल भविष्यको कामना सहित शिक्षा सेवामा तल्लिन उनलाई हाम्राे सलाम !

NLICL

प्रतिक्रिया दिनुहोस्