Skip to content
Recent News
२३ चैत्र २०८१, शनिबार

प्रधानमन्त्रीकाे चीन भ्रमणबारे छलफल गर्न संसदीय दलकाे बैठक बस्दै

Click media

 काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बस्ने भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बैठक बाेलाएको हो ।

प्रधानमन्त्रीको चीन भ्रमणका सम्बन्धमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले आगामी आइतबार बिहान ११ बजे बैठक राखेको हो । संसदीय समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

समिति सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिमा उपस्थित गराउने प्रयास जारी छ । परराष्ट्रमन्त्री आरजु राणालाई पनि बोलाइएको छ ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते पाँचदिने औपचारिक भ्रमणका लागि चीन जाँदै छन् । प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने लगायतको तयारी रहेको बताइन्छ ।

बीआरआईलाई लिएर अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यसअघि पनि पटक–पटक छलफल भएका छन् । बीआरआई अन्तर्गत ऋण लिन नहुने र हुने दुई थरी मत छ । खासगरी नेपाली कांग्रेसका सांसदहरूले बीआरआई अन्तर्गत ऋण लिन नहुने अनुदानमात्रै लिने नीति सरकारले लिनुपर्नेमा जोड दिँदै आएका छन् ।

नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहा होस् भन्नुपर्नेमा भने एमाले र कांग्रेसको मत छ । यी लगायतका विषयमा सरकारले के कस्तो नीति अवलम्बन गर्दैछ भनेर बुझ्न र आवश्यक सुझाव दिन बैठक राखिएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले जनाएको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्