काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (आइतबार) फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ । उनीविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो।उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ ।
यसैबीच आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ। रास्वपाले बिहान १० बजे पोखराको जिरोमा समर्थकहरूलाई भेला हुन भनेको छ । त्यहाँबाट वाइचोकमा पुगेर सभा आयोजना गर्ने तयारी रहेको बताइएको छ । हिजो काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति वैठकले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्