Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

कर्णालीका १३ वटा जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान

Click media
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ वटा जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ ।

मन्त्रालयले सोमबार १३ वटा जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण आयोजना/कार्यक्रम प्रस्ताव गर्न आह्वान गरेको हो ।

जस अनुसार सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, बझाङ, अछाम, डोटी, बाजुरा र कर्णाली प्रदेशका मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, रुकुमपश्चिम र जाजरकोटका सबै स्थानीय तहलाई आउँदो मंसिर ५ गतेभित्र कार्यक्रम/योजना प्रस्ताव गर्न मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयका अनुसार सरकारको वार्षिक बजेट तथा कार्यक्रममार्फत चालु आर्थिक वर्ष २०८१/८२ का लागि सो कार्यक्रम स्वीकृत भइसकेको छ ।

उक्त कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ समेत स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ ।

उक्त कार्यविधिको व्यवस्थाबमोजिम कार्यक्रम सञ्चालन गर्नका लागि कार्यविधिमा उल्लेख भएको जिल्लाका स्थानीय तहहरूले मात्र उक्त कार्यविधिको दफा ८ को व्यवस्था तथा अनुसूची (२) बमोजिमको ढाँचामा बढीमा दुई वटासम्म आयोजना/कार्यक्रम छनोट गरी कार्यपालिकाको निर्णय र अन्य आवश्यक कागजातसहित मन्त्रालयको ई–मेल ठेगाना [email protected] वा [email protected] मा पेश गर्नुपर्ने छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्