Skip to content
Recent News
२० जेष्ठ २०८२, मंगलवार

बालुवाटार घेर्न गएका रास्वपाका दर्जन कार्यकर्ता पक्राउ

Click media

काठमाडाै ।प्रहरीले बालुवाटारमा प्रदर्शन शुरु गर्ने तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई पक्राउ गरेको छ ।

रास्वपाले आज पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेको विरोधमा बालुवाटारमा प्रदर्शन शुरु गर्नेक्रममा रहेको छ । बालुवाटारस्थित नेपाल हाउसमा भेला भएका नेता कार्यकर्ताहरुलाई प्रहरीले हटाउने प्रयास गरेको छ भने केहि कार्यकर्तालाई पक्राउ गरेको सांसद गणेश पराजुलीले जानकारी दिएका छन् ।

सो क्षेत्र निषेधित क्षेत्र भएपछि प्रहरीले रास्वपा कार्यकर्तालाई त्यहाँबाट जान आग्रह समेत गरिरहेको छ ।

रास्वपाले आजको प्रदर्शनमा नारा बाहेक गीत, कविता, ब्यंग्य प्रस्तुत गर्ने तयारी गरेपनि प्रहरीले हस्तक्षेप गरेपछि अब कार्यक्रम कसरी हुन्छ भन्ने स्पष्ट भएको छैन । रास्वपाले आज १२ बजेदेखि साढे २ बजेसम्म प्रदर्शन हुने जनाएको थियो ।

NLICL

प्रतिक्रिया दिनुहोस्