Skip to content
Recent News
१४ चैत्र २०८२, शनिबार

पक्राउ पुर्जी जारी भएपछि अत्तालिएका रविले पाेखे सरकारबिरुद्व आक्राेश

Click media

काठमाडाै ।राष्ट्रि्य स्यवतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफुबिरुद्व पक्राउ पुर्जी जारी भएपछि अत्तालिएर सरकारसँग आक्राेश पाेखेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार मरेको र आफूहरूलाई जुठो परेको प्रतिक्रिया दिएका हुन्।

‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी? तपाईं विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने?,’ रविले प्रश्न गरेका छन्, ‘तपाईं प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने।’

उनलाई पक्राउ गरि पाेखरा ल्याउन कास्की प्रहरीले आग्रह गरेपछि उनलाई पक्राउ गर्न सिआइकीकाे टाेली पक्राउन गर्न पार्टी अफिसमै परिचालित भैसकेका छन् ।

NLICL

प्रतिक्रिया दिनुहोस्