Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

चाडबाड नजिकिएसँगै डोल्पामा अनुगमन थालियो

Click media

डोल्पा । नेपालीहरुको महान चाड दशं तिहार नजिकिएसँगै डोल्पामा उपभोक्ताहरुको हितका लागि बजार अनुमन थालिएको छ ।

जिल्ला प्रशासन कार्यलय र उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलयले दुनै बजारका साथै जुफालमा अनुगमन गरेको हो ।

हिजो डोल्पाको सदरमुकाम दुनै बजार भित्र रहेका ३५ वटा होटेल ,खाध्यान्न तथा किराना पसलहरुमा अनुगमन गर्दा कस्मेटिक , जङ्ग फुड र पेयपदार्थ ,लगायतका सामानहरुको ५८ हजार ९ सय पचास रुपैयाँको म्याद गुज्रेको समान बरामत गरि नष्ट गरेको साहायक प्रमुख जिल्ला अधिकारि दामोदर ज्ञावलीले बताएका छन् ।


डोल्पामा पटक–पटक गरिने अनुगमनले मानिसको जीबनमा उपभोग गर्ने पेय तथा खाध्य पर्दाहरु म्याद भएको हुनुपर्ने ,म्याद गुर्जेको पेय तथा खाध्य पर्दाथले मानव स्वास्थयमा गंभीर खालको समस्या निम्त्याउन सक्ने भएकोले त्यसमा सचेतना जगाउन पनि अनुगमन कार्यलाई निरन्तरता दिनुपर्ने स्थानीयहरुले माग गरेका छन् ।

दुनै बजारका ३५ वटा होटेल तथा किराना पसलहरुमा अनुगम पश्चात दर्ता नगरेर चालाईएका होटेल र पसलहरुलाई दर्ता गरि करको दायरामा ल्याउने उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलय दुनै डोल्पाका प्रमुख मोहोन कुमार के.सीले बताए ।

यस्तै आज जुफाल एयरपोर्ट वरपर रहेको होटेल तथा विभिन्न पसलहरुमा पनि अनुगमन गरिएको हो । यहाँ रहेका होटेल तथा पसलहरुमा अनुगमन गर्दा भेटिएका म्याद गुज्रेका खाद्यवस्तु जफत गरी त्यसलाई र्विुजन गरिएको हो ।

अनुगमनमा प्रहरी , प्रशासन ,उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलय,उधोग बाणिज्यसंघ ,पत्रकार र सरोकारवालाहरुद्वारा अनुगम गरिएको थियो ।

NLICL

प्रतिक्रिया दिनुहोस्