डोल्पा । डोल्पाको विशेष तथा महत्वपूर्ण चाडपर्वमध्ये मुख्य रहेको भदौ पूर्णिमा देवीदेवीको पुजासहित भव्यताका साथ सम्पन्न भएको छ । यस मेला हेर्नका लागि डोल्पाका विभिन्न स्थान लगायत डोल्पाबाहिर बसोबस गर्ने व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
मेलामा जिल्ला विकास अधिकरी, सुरक्षा निकायका जिल्ला प्रमुख, नगरप्रमखहरु,जिल्लास्थित विभिन्न कार्यालयका प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
त्यहाँ जिर्ण मन्दिरको पुनर्निर्माण भएको छ । ठूलीभेरी नगरपालिका प्रमुख सुवर्ण बुढाको विशेष पहलमा बनेको उक्त मन्दिरको उनकै प्रमुख आतिथ्यतामा उद्घाटन कार्य पनि सम्पन्न भइसकेको छ ।
प्रत्येक वर्ष भदौ पूर्णिमाको समयमा एकादिशीबाट पूर्णिमासम्म लाग्ने मेलाको डोल्पामा विशेष महत्व रहेको छ ।
प्रतिक्रिया दिनुहोस्