Skip to content
Recent News
२९ पुष २०८२, मंगलवार

नेपाल प्रेस युनियन दोलखाको भित्तेपात्रो

Click media

दोलखा/नेपाल प्रेस युनियन दोलखाले नयाँ बर्ष– २०८१ को अवसरमा भित्तेपात्रो सार्वजनिक तथा शुभकामना आदान– प्रदान कार्यक्रम आयोजना गरेको छ । अहिलेको सन्र्दभमा नेता, पत्रकार, कर्मचारी, व्यवसायी सबैलाई समय महत्वपूर्ण रहेकोले समय सचेतताको लागि भित्तेपात्रो प्रकाशन गरिएको अध्यक्ष सुजन काफ्लेले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, दोलखा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, नेपाली कांग्रेस दोलखाका पूर्व सभापतिहरु उद्धव काफ्ले र रुद्र बहादुर खड्का, कांग्रेसका प्रभावशालि युवा नेता ताराबहादुर खड्का लगायतले भित्तेपात्रो सार्वजनिक गरेका थिए ।
नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, दोलखा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, नेपाली कांग्रेस दोलखाका पूर्व सभापतिहरु उद्धव काफ्ले र रुद्र बहादुर खड्का, कांग्रेसका प्रभावशालि युवा नेता ताराबहादुर खड्का, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष श्रृजन कुमार घिमिरे, प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रेस सेन्टर दोलखाका अध्यक्ष अविरल वस्नेत, नेपाल प्रेस युनियन दोलखाका सचिव सुवास (अनमोल) वस्नेत लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सहभागि दलका नेता, जनप्रतिनिधि र पत्रकारहरुले मर्यादीत पत्रकारिता र मिडियाहरुको स्थायीत्वको लागि सबैक्षेत्रबाट सहयोगको वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए ।

NLICL

प्रतिक्रिया दिनुहोस्