Skip to content
Recent News
१२ आश्विन २०८३, सोमबार

राष्ट्रिय फोटो पत्रकार समूह दोलखा शाखामा प्रल्हाद

Click media

दोलखा/राष्ट्रिय फोटो पत्रकार समूहको दोलखा शाखा गठन भएको छ । दोलखाका सक्रिय रेडियोकर्मी एवं फोटो पत्रकार प्रल्हाद आचार्यको अध्यक्षतामा सात सदसिय राष्ट्रिय फोटो पत्रकार समूह दोलखा शाखा गठन भएको हो ।
शाखामा उपाध्यक्ष तारादेवी वस्नेत, सचिव गोविन्द थामी, सहसचिव सुजन थामी र कोषाध्यक्ष प्रकाश वस्नेत रहेका छन् । त्यसैगरी सदस्यहरुमा अनिता लामा र हिरालाल विश्वकर्मा रहेका छन् ।
दोलखाका सक्रिय लेखक, रेडियोकर्मी एवं फोटो पत्रकार जीवन लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ बागमति प्रदेशका महासचिव कृष्ण सारुमगर, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशङ्कर चौलागाई, राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय कोषाध्यक्ष सागर श्रेष्ठ, समूहका बागमति प्रदेश सचिव कुमार श्रेष्ठ, पत्रकार बुना घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

NLICL

प्रतिक्रिया दिनुहोस्