Skip to content
Recent News
२८ मंसिर २०८२, आईतवार

टिकटक गट ट्यालेन्ट विजेताहरु बीच प्रतिस्प्रर्धा

Click media

काठमाडौँ/मञ्जिल युके संस्थाले आयोजना गरेको टिकटक गट ट्यालेन्ट सिजन १ देखि ६ सम्मका विजेताहरु बीच विहिवार उत्कृष्टताको लागि प्रतिस्प्रर्धा हुने भएको छ ।
विहिवार बेलुकी सात बजेदेखि युकेबाट प्रेम गुरुङको होस्टमा सुरु हुने प्रतिस्प्रर्धामा टिकटक गट ट्यालेन्टको ६ वटा सिजनका विजेताहरु सहभागि हुने र उनीहरु मध्य एकजना उत्कृष्टलाई नगद दुई लाख रुपैया पुरस्कार प्रदान गरिने जनाईएको छ ।
भोली विहिवार बेलुका सात बजेबाट सुरु हुने प्रतिस्प्रर्धामा अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रीय उपाध्यक्ष डा. रेणु सोलु, बरिष्ठ गायक तथा सङ्गितकार नारायण लामा, गायक दिलिप लामा, कलाकार सुबिला लामा, गायक अमृत कुमार र गायक रमिला मगर जर्जको रुपमा रहनुहुने आयोजकले जनाएको छ ।
युकेमा बस्नुहुने नेपालीहरुले स्थापना गरेको मञ्जिल युके संस्थाले टिकटक गट ट्यालेन्ट कार्यक्रम मार्फत बिभिन्न विधामा सक्रिय व्यक्तिहरुलाई अवसर दिने र प्रतिस्प्रर्धा मार्फत पुरस्कृत समेत गर्ने प्रेम गुरुङले जानकारी दिनु भयो ।
मञ्जिल युके संस्थाको चिफ एड्मिन निहारीका शान्ति पनि साहित्यको तर्फबाट प्रतिस्प्रर्धामा रहनु भएकोले उहाँले केहि समयको लागि संस्थाबाट विदा लिनुभएको जनाईएको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्