Skip to content
Recent News
१२ श्रावण २०८३, मंगलवार

गित

Click media

सम्राट चाैलागाई

थोरै थोरै नजर झुकाउदा

छोटो कपाल सरर फुकाउदा

अलि अलि तिमी मुस्कुराउदा

आँखा तरेर तिमी रिसाउदा ।

साच्चै तिमिमा मायाको इज्जत

देखिन्छ।

त्यही मायाको समुन्द्र त्यो

मुटुमा भेटिन्छ।

कथा कबितामा रहेकी तिमी

सबैकी रानी।

चालढाल रुप रङ्ग अनि नौली

मायाकी खानी।

थोरै थोरै नजर झुकाउदा

छोटो कपाल सरर फुकाउदा

अलि अलि तिमी मुस्कुराउदा

आँखा तरेर तिमी रिसाउदा

अधुरो छैन केही तिमिमा

बान्की परेको छ।

सयौंले पुजा गर्ने रुप तिम्रो

स्वच्छ रहेको छ।

तिमी सङ टाडा बस्ने रहर

मलाइ नहोस।

दिन नया राखौ रात सधै मिठो

रंगिन बनोस।

थोरै थोरै नजर झुकाउदा

छोटो कपाल सरर फुकाउदा

अलि अलि तिमी मुस्कुराउदा

आँखा तरेर तिमी रिसाउदा

NLICL

प्रतिक्रिया दिनुहोस्