Skip to content
Recent News
१४ मंसिर २०८१, शुक्रबार

हेल्लो गृहमन्त्रिज्यु ! थाहा छ ?? नक्कली पत्रकारद्वारा सिरहामा मन्त्रालयको विज्ञप्तिको अपचलन गरिएकाे?

Click media

सिरहा । पत्रकारिताको आवरणमा तस्करीमा सक्रिय सिरहा , माडरका दिलिप शहनी नाम गरेको ब्यक्तिले गृहमन्त्रालयले जारी गरेको विज्ञप्ति आफूअनुकुल अपचलनको प्रयास गरेका छन् ।

एक न्युज पोर्टलले उनकाबारेमा प्रकाशन गरेको ‘ आफ्नो नाम पनि शुद्व लेख्न नआउने नक्कली पत्रकारद्वारा माडरमा अशुली आतङ्क ‘ शिर्षकको समाचार बिरूद्व नितान्त आफ्नो लागि गृहमन्त्रालयद्वारा विज्ञप्ति जारी गरेको भन्दै नक्कली पत्रकार शहनीले जनमानसमा भ्रम सिर्जनाको प्रयास गरेका छन् ।
साईबर क्राईम सम्बन्धि गृहमन्त्रालयले नियमित प्रकाशन गर्दै आएको सर्वसाधरणका लागी जनचेतनामुलक विज्ञप्तिलाई नक्कली पत्रकार शहनीले नितान्त मेरालागि जारी गरेको भन्दै भ्रम सिर्जनाको प्रयास गरेका छन् । शहनीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उक्त विज्ञप्ति शेयर गर्दै गृहमन्त्रालयलाई धन्यवाद समेत भन्न भ्याएकाछन् ( हेर्नुस् तस्बिर ) ।

शहनी निकट एकब्यक्ति भन्छन् – ‘ लाजै बिना मेरो फोन कै भरमा गृहमन्त्रिले मेरालागि विज्ञप्ति निकाल्यो भनेर हावा गफ दिदै हिडेको छ शहनी , तर समाचार आएपछि शहनीको कुरा कसैले सुन्दैन । सबैले हावा भन्छन् । समाचारै लेख्न नआउनेसँग किन डराउने भन्नथालेकाछन् सबैले । ‘

यिनले भने झैँ शहनीले संभबत अहिलेसम्म समाचार लेखेका पनि छैनन् । एक टेलिभिजनका स्ट्रिञ्जर संबाददाता हुन् उनि । टेलिभिजनमा बर्षमा एक पटक समाचार बझ्छ उनको । त्यो समाचार पनि उनले पठाएको भिडियोको आधारमा डेक्सले बनाईदिने हो । टिभिको संबाददाताको कार्ड देखाएर सिमाक्षेत्रका प्रहरीप्रशासनलाई धम्क्याउन प्रयोग गर्दैआएकाछन् । नेपाल-भारत आयातनिर्यात गर्ने ब्यापारीहरूसँग असुली गर्न संबाददाताको कार्डको दुरूपयोग गर्दैआएका छन् ।

प्रतिबन्धित माछाको तस्करी

सरकारद्वारा प्रतिबन्धित मुङ्ग्रि माछा भारतबाट तस्करी गरेर नेपालमा बेच्दै आएकाछन् शहनीले ।
नबराजपुरको झाँझपट्टी नाकाबाट हरेक दिन बिहान र बेलुका ४ ओटा मोटर साईकलमा माछा नेपाल छिराउँछन् ।

भारतबाट माछा ल्याएर माडरमा बेच्दैआएका केही ब्यापारीसँग बिना लगानी साझेदारीमा छन् , सहनी । प्रहरी मिलाएबाबापत माछा ब्यापारीहरूसँग शेयर लिदै आएकाछन् ।
अर्को आश्चार्य के भने उनि सिरहाका चर्चित मदिरा तस्कर बिष्णु भगतका ज्वाईँ हुन् । सहनीकै आडभरोसामा बिष्णुले भारत तर्फ मदिरा तस्करी गर्दैआएको धेरैभयो ।
नेपाल पत्रकार महासँघ सिरहा शाखाले दिलिप सहनी महासँघको सदस्य नरहेको जनाएको छ । ‘ दिलिप सहनी तस्कर हो , तस्करलाई कसरी पत्रकार महासँघको सदस्यता दिनु ‘ – महासँघका एक पदाधिकारीले भने – ‘ सिरहा जिल्लाकै चर्चित तस्कर हो दिलिप सहनी , प्रहरी प्रशासनलाई सोधे थाहा भईहाल्छ नि ।’
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार टेलिभिजनको पत्रकार भएको बताएर प्रहरीहरूलाई दबाब दिने गरेकाछन् सहनिले । तस्करहरूको सुराकी गर्नेभएकाले हामीले पनि उसको केही कुराहरू सुनेजस्तो गरिदिएको प्रहरीस्रोतले बतायो ।
तस्करीसँगै प्रहरीको सुराकी समेत गरेर गुजारा चलाईरहेका सहनी आफूलाई निकै प्रभाबशाली र पावरफुल मान्छन् । तर उनको हैसियत भनेको उठ्तीपुठ्तीमा सक्रिय नक्कली पत्रकार बाहेक अरू छैन । प्रतिकृया लिनखोज्दा उनिसँग सम्पर्क हुन सकेन ।
नक्कली पत्रकारबारे जति पनि जानकारी पठाउनुभएको छ , बिस्तारै पब्लिश हुनेछ । धैर्य गर्नुहोस् । अब पनि शहनी महिनाबारी दाबि गर्न आए तुरून्त बोलाउनुस् , हामी नबराजपुरस्थित सशस्त्र प्रहरी क्याम्प आशपास छौँ ।

NLICL

प्रतिक्रिया दिनुहोस्