लहान / सिरहाको दक्षिणबर्ती सिमाक्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलले गएराती भारी मात्रामा मदिरा नियन्त्रणमा लिएको छ । अवैधरूपमा भारत छिराउन लागेको मदिरा सहित सशस्त्र प्रहरीले ढुवानीमा संलग्न एक थान स्करपियो समेत नियन्त्रणमा लिएको छ ।
सुरक्षा निकायले मधेश प्रदेशको आठ जिल्लामध्ये सिरहालाई संबेदनशिल जिल्लाका रूपमा राखेको छ । सशस्त्र प्रहरी बलको मधेश प्रदेश प्रमुख डिआईजी कालिदास धौवजीले सिङ्गो प्रदेशलाई तस्करीमा शून्य सहनशिलता अभियान अन्तर्गत सिमाक्षेत्रको सुरक्षाब्यवस्था थप कडाई गरेकाले दिनहुँ भारी मात्रामा तस्करीका सामाग्रीहरू पक्राउ पर्न थालेको जानकारी दिए । उनले प्रतिबद्वता जनाए – ‘ मधेश प्रदेशलाई तस्करीमुक्त बनाउने लक्ष्यप्रती म दृढ छु । ‘
किन रोकिएन बिष्णुको मदिरा तस्करी ?
सिरहामा सशस्त्र प्रहरीको सक्रियता बढे पनि सिरहाका चर्चित मदिरा तस्कर बिष्णु भगतको मदिरा तस्करी भने रोकिएको छैन ।
गमरियाका स्थायिबासी बिष्णुले यतिबेला भने नबराजपुर गाउँपालिकाको कुसुण्डी नाकाबाट हरेक रात मदिरा भारत तर्फ निर्यात गरिरहेछन् । सशस्त्र प्रहरी बल सिरहाका इञ्चार्ज एसपी नरेश भण्डारीको आँखा छलेर बिष्णुको मदिरा तस्करीलाई स्थानिय प्रहरीप्रशासनले अझै साथ दिईरहेको स्रोत बताउँछ ।
गमरियास्थित घरमै गोदाम खोलेका उनले ठाडीदेखी बरियारपट्टीसम्म दशगज्जामै कानुनबिपरित सञ्चालित होटलहरू मार्फत बिष्णुले सहजै रूपमा मदिरा भारत तस्करी गर्दै आएको बताईन्छ ।
बिष्णु आफै स्विकार्छन् – ‘ ठाडी देखी बरियारपट्टीसम्म दशगजा छेउमा खुलेका १ सय २० होटलहरूमा मदिरा सप्लाई गर्छु । ति होटलहरूबाट रक्सि भारत छिराउन ५ मिनेट पनि लाग्दैन । रक्सिको प्रति कार्टुन एक सय रूपैयाका दरले असुलेर सबैलाई बाँड्छु । त्यसैले मेरो काममा कसैले अवरोध गर्दैनन् । ‘ तिनै होटलहरूमा दिउँसो संकलित मदिरा मध्येरातमा सुरक्षाकर्मीको आँखा छलेर भारत छिराउने गरेकाछन् बिष्णुले ।
भारत , बिहारमा मदिरा निषेध रहेकाले मदिराको उच्च माग छ । नेपालकोभन्दा दोब्बर मुल्यमा बिक्ने भएकाले सस्तो मदिरा भारत तस्करी गरिने गरिएको छ ।
स्थानियहरूले दशगजामा खोलिएका मदिरा पसलहरू बन्द गर्न प्रशासनसँग माग गरेकाछन् ।
भारतिय ग्रहाकलाई लक्षित गरेर खोलिएका दशगजा आसपासका मदिरा पसलहरूमा हरेक रातजसो झैझगडा हुने गरेकाले सुरक्षासंबेदनशिलतालाई ध्यानमा राखेर ति होटलहरू बन्द गर्नुपर्ने स्थानियले माग गरेका हुन् ।
माडरका नक्कली पत्रकार दिलिप शहनीलाई हातमा लिएर बिष्णुको मदिरा तस्करी अगाडी बढाईरहँदा नेपाल आमाको रक्षा गर्ने कसम खाएका सुरक्षाकर्मीले आँखा चिम्लिन नहुने स्थानियको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्