Skip to content
Recent News
३१ भाद्र २०८२, मंगलवार

बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

Click media

बारा । बाराको सिमरा चोकमा प्रहरीले भन्सार छलीको आशंकामा ५२ लाख भन्दा बढीको विभिन्न सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्राप्त जानकारीअनुसार विशेष सूचनाका आधारमा शुक्रवार राति  १० बजे ईलाका प्रहरी कार्यालय सिमराबाट डिएसपी वेद प्रकाश जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ५६७२ नम्बरको डिब्बा ट्रकलाई रोकि चेकजाँच गरेको थियो।

जाँचका क्रममा ट्रकमा लोड गरिएको सामानहरूको बिल–बिजक प्रस्तुत गरिएकासँग फरक पाइए पछि र भन्सार छलीको आशंका लागे पछि ट्रक नियन्त्रणमा लिइएको हो। ट्रकमा अन्दाजी ५२ लाख ७० हजार ९३ रुपैयाँ बराबरको कपडा, साइकल पार्ट्स, केमिकल, विभिन्न औषधि लगायतका खुद्रा सामानहरू लोड रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले न्युज कारखानालाई बताए ।

ट्रक र सामानहरू नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

NLICL

प्रतिक्रिया दिनुहोस्