Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट: कुवेतविरुद्ध नेपालकाे शानदार जित

Click media

काठमाडाै । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले पराकिलो जित हात पारेको हो ।

२१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतलाई नेपालले ४८ रनमै रनमा अलआउट ग¥यो । नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन रख्दै ८ रन दिएर ५ विकेट लिइन् । नेपालकी रचना कुमारी र सीमाना केसीले दुई-दुई विकेट लिए ।
यस्तै, कुवेतकी जीफा जिलानीले ३६ रन बनाउनबाहेक कुनैपनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

यसअघि दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर २१३ रनको विशाल योगफल बनाएको थियो । नेपालकी कप्तान पुजा महतो ६९ बलमा १७ चौका मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रनमा अविजित रहे । उनीहरूले तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरे । सावित्रि धामी ११ र सान प्रविनले ६ रन जोडे । कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक÷एक विकेट लिए  ।

प्रतियोगितामा पाँचमध्ये ४ खेल जितेको नेपालले यसअघि यूएईसँग मात्रै पराजित भएको छ । अब यूएईसँग बुधबार अन्तिम खेल खेल्ने छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्