Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

महेन्द्रनगर डिपोमा मनोज साहको असुली आतङ्क

Click media

ढल्धकेबर । नुषाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोका प्रमुख मनोजकुमार साहको अशुली आतकंले यतिबेला सिगों निगममा तहल्का मच्चिएको छ ।
शक्ति केन्द्रको आडमा महेन्द्रनगर डिपो सरुवा भएका प्रमुख साहले पेट्रोलपम्प सञ्चालक र ईन्धन ढुवानी गर्ने ट्याकंर साहुहरुसँगको अशुलीलाई ब्यापक बनाएको स्रोतको दाबि छ । साहको निगम ब्यवस्थापनलाई टाउको दुखाई बनेको छ ।

सरूवा भएर अाउनसाथ साहकाे निशानामा धनुषा , महाेत्तरीका केही र सिन्धुली भिमानकाे एक गरि ८२ अाेटा पेट्राेलपम्पमा महेन्द्रनगर डिपाेले ईन्धन वितरण गर्दै अाएकाे छ ।
प्रमुख साहले प्याेजना बनाएर पेट्राेलपम्पहरूमा दबाब सिर्जना गरेकाछन् । एक पेट्राेलपम्प सञ्चालक भन्छन् – ‘ पेट्रालपम्पहरूमा अनाबश्यक अनुगमन थालिएकाे छ । अनुगमनपछि हाकिमले फाेन गरेर सहमतिमा अाउनुस् भन्ने गरेकाछन् । मासिक १० हजार अनाधिकृत रकम बुझाउनुपर्ने अप्रत्यक्ष रूपमा खबर पठाउने गरेकाछन् । ‘
उता ईन्धन ढुवानी गर्ने ट्याङ्कर साहुहरूसँग निगमले भुक्तानी गर्ने भाडाबाट २ प्रतिशत कमिशन माग गरेकाछन् , साहले । दैनिक ८० देखि ९० अाेटा ट्याङ्कर महेन्द्रनगर डिपाे मातहात चल्दैअाएकाछन् । भाडाबापतको २ प्रतिशत कमिशन साहले लिने गरेकाछन् ।
अायल निगमकाे प्रादेशिक कार्यालय अमलेखगञ्ज अन्तर्गतकाे महेन्द्रनगर डिपाेले खासमा धनुषा जिल्लाका पेट्राेलपम्पहरूलाई ईन्धन वितरण गर्छ । अाबश्यकताअनुसार अमलेखगञ्ज डिपाेले पठाएकाे ईन्धन ढुवानी गर्ने ट्याङ्करहरूकाे डेनसिटी , टेम्प्रेचर र डिप चेक गरेर पेट्राेलपम्पहरूमा पठाउने जिम्मा महेन्द्रनगर डिपाेकाे हाे । यस डिपाेमा २ दीनसम्म ट्याङ्करमै ईन्धन स्टाेरेज गरेर राखिदैअाएकाे छ , जुन निगमका लागि थप ब्यायभार हाे ।

साह यसअघि दुईपटक महेन्द्रनगर डिपाे काे प्रमुख रहिसकेका ब्यक्तिहुन् । अाईटी शाखाका अाठाै तहका कर्मचारी साह पछिल्लाेपटक वीरगञ्ज डिपाे प्रमुख थिए । वीरगञ्ज डिपाेबाट सरूवा भएर केन्द्रीय कार्यालयमा अाएकाे चार महिना समेत बित्न नपाउँदै पुन: महेन्द्रनगर डिपाे प्रमुख बन्न सफल भएकाछन् ।
शक्ति केन्द्र रिझाउन माहिर साह अायल निगममा बदनाम छबि भएका कर्मचारीका रूपमा परिचित छन् ।

साहकाे खुल्लामखुल्ल अशुली बार्गेनिगंबारे जानकारभएपनि अायल निगम ब्यवस्थापनले साह विरूद्व कार्वाही प्रकृया अघि बढाउन नसक्नुलाई अर्थपूर्ण ढङ्गले हेरिएकाे छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्