Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

अमेरिकालाई सुपर ओभरमा हराउँदै टी-२० सिरिजमाथि नेपालको कब्जा

Click media
काठमाडाै । नेपालले अमेरिकासँगको दोस्रो टी-२० खेल सुपर ओभरमा जितेको छ। नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल सुपर ओभरमा पुगेको थियो। नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।

सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य पछाएको नेपालले ४ बलमा नै पुरा गर्दै जित हासिल गरेको थियो। नेपालको जितमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए।

सोमपालले खेलको अन्तिम ओभरमा ७ रनलाई डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा लागेका थिए भने सुपर ओभरमा उत्कृष्ट बलिङ गदै अमेरिकालाई केवल २ रन दिएर दुवै विकेट लिएका थिए।  यस अघि टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका थिए । त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए। त्यस्तै अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २-२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए।

नेपालको यो जितपछि ३ खेलको सिरिज २-० ले जितेको छ र सिरिजमा कब्जा गरेको छ । अब सिरिजको अन्तिम खेल भोलि बिहान हुने तालिका छ।

NLICL

प्रतिक्रिया दिनुहोस्