Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

क्यानको अफिसमा अख्तियारले छापा हान्यो

Click media

काठमाडौ । अख्तियार दुरुपयोग आयोगले सिनामंगलस्थित नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)को कार्यालयमा छापा हानेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवन निर्माणमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले केहीबेरअघि छापा मारेको हो ।

अख्तियारको टोलीले कार्यालयबाट कागजपत्र जफत गरेर लगेको छ । चार अर्ब लगानीमा बनेको उक्त भवन निर्माणमा १ अर्ब बढी भ्रष्टाचार भएको आरोप छ । भवनको ‘सि ब्लक’ निर्माणकै क्रममा एकातर्फ ढल्किएको थियो । अख्तियारमा परेको उजुरीमा कमसाल सामाग्री र प्राविधि प्रयोग गरी भवन बनाएर क्यान नेतृत्वले अनियमितता गरेको दावी गरिएको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्