Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

झ्याप्ले खाेलाबाट तीन शव निकालियाे

Click media
काठमाडौं । नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा  पुरिएकाे  बसबाट थप तीनवटा शव निकालिएकाे   छ ।
  नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार  उक्त पहिरोमा थप तीन वटा शव फेला परेको  छ ।
शवको पहिचान भएको छैन । गोरखाबाट शुक्रबार बिहान छुटेको बस हुन सक्ने आशंका गरिएको भए पनि पुष्टि भने भइसकेको छैन ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको  ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ ।

समितिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजे काठमाडौं नजिक खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्कबाहिर रहेको छ । उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्