काठमाडाै । बाढी पहिरो र डुबानमा परेर देशभर १ सय २ जनाको मृत्यु भएको छ भने ६४ जना बेपत्ता भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा मानवीय क्षति भएको छ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएको र हालसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्