Skip to content
Recent News
९ मंसिर २०८१, आईतवार

डोल्पाको प्रमुख जिल्ला अधिकारीमा रोमबहादुर महत

Click media

डोल्पा । डोल्पाको प्रमुख जिल्ला अधिकारीमा रोमबहादुर महत आएका छन् । यसअघि प्रमुख जिल्ला अधिकारी रहेका तुल्सीप्रसाद दाहाल सरुवा भएर गृह मन्त्रालय गएका छन् ।
उनीहरुलाई ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्णकुमार बुढा, प्रमुख प्रशासकीय अधिकृत सन्तोष खड्का, वडा ८ का वडाअध्यक्ष मनराम ठकुल्ला लगमायतका जनप्रनितिधि, कर्मचारी र स्थानीयवासीले आउने प्रमुख जिल्ला अधिकारीलाई स्श्रवागत तथा सरुवा भएर जाने प्रंमुख जिल्ला अधिकारीलाई अविर तथा फूलमालासहति बिदाई गरेका थिए ।

नयाँ आएका प्रमुख जिल्ला अधिकारी महतले कार्यालयमा आज दिउसो तीन बजे भेटघात तथा परिचयात्मक कार्यक्रम राखेका छन् ।
डिल्ली बजार कारागारमा कार्यरत महत सरुवा भएर डोल्पा आएका हुन् । सरुवा भएर जाने प्रमुख जिल्ला अधिकारी दाहाललाई स्थानीयले हिजो एक कार्यक्रमबीच बिदाइ गरेका हुन् । उनी गृह मन्त्रालयमा सरुवा भएका छन् ।उनलाई हिजो एक कार्यक्रमबीच जिल्लामा रहेका विभिन्न सरकारी निकायका कर्मचारीले बिदाई गरेका थिए ।

NLICL

प्रतिक्रिया दिनुहोस्