Skip to content
Recent News
२३ कार्तिक २०८२, आईतवार

संगठनको स्थापना दिवसमा रक्तदान

Click media

दोलखा/नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४५ औ स्थापना दिवसको अवसरमा दोलखा जिल्ला कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल रेडक्रस शोसाईटी दोलखा शाखाको सहयोगमा भएको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गर्नु भएको मजदुर नेता शेखर थापाले बताउनुभयो । रक्तदाताहरुलाई भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेतले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दोलखा जिल्ला कमिटीका अध्यक्ष भुवन प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा दोलखाका सभापति इश्वरी प्रसाद दहाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश सदस्य महेन्द्र तमाङ, क्युपेक दोलखाका अध्यक्ष दान बहादुर विमली लगायतको सहभागिता रहेको थियो ।

NLICL

प्रतिक्रिया दिनुहोस्