दोलखा/कलेजो र मृगौलामा समस्या भै विगत केही समयदेखी उपचाररत दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर– ७ को ३० बर्षिय मिरा खुुलाललाई दोलखा समाज जापानले दुुईलाख १७ हजार सात सय ६८ रुपैया (जापनी ऐन दुुईलाख ५८ हजार) सहयोग गरेको छ ।
विरामीको सहयोगको लागि जापानमा रहनुभएका बिभिन्न व्यक्तिहरुसंग सङ्कलन गरेर उक्त रकम पठाईएको दोलखा समाज जापानका अध्यक्ष रोशन थापाले बताउनु भयो । दोलखाली नागरिकलाई पर्ने हरेक समस्यामा दोलखा समाज जापान चिन्तित हुुने र सकेसम्म हरेक समस्यामा सहयोग गर्दै आएको अध्यक्ष थापाले बताउनु भयो ।
जापानमा रहनु भएका बिभिन्न व्यक्तिसंग सङ्कलन गरिएको उक्त रकम दोलखा समाज जापानका केन्द्रीय कार्यसमिति सदस्य पार्शुक पोखरेल, राष्ट्रिय जेष्ठ नागरिक कोषका अध्यक्ष बसन्तराज कार्की र दोलखा जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष राजेश थापाले कलेजो तथा मृगौला रोगबाट पीडित मिरा खुलालको उपस्थितिमा उनको बुुबा दिल बहादुर खुलाललाई हस्तान्तरण गर्नु भएको छ ।
सहयोग सङ्कलनको लागि समाजसेवी इश्वर पाठक र सविना बुुढाथोकीले समन्वय गर्नु भएको दोलखा समाज जापानका केन्द्रीय कार्यसमिति सदस्य पार्शुक पोखरेलले बताउनुु भयो ।
कलेजो र मृगौलामा समस्या भएपछि छोरीको निरन्तर उपचार भै रहेको र दुुबै अङ्ग प्रत्यारोपण गर्नुपर्ने भएकोले आर्थिक समस्या परेको मिराको बुुबा दिल बहादुरले बताउनु भयो । दुुबै अङ्ग प्रत्यारोपणको लागि ५५ लाख भन्दा बढी लाग्ने भएपछि सबै सङ्ग आर्थिक सहयोगको लागि आचना गर्न बाध्य हुुनुु परेको विरामीको बुुबा दिल बहादुरले बताउनुु भयो ।
उनले दोलखा समाज जापानले दुुईलाख भन्दा बढी सहयोग उपलब्ध गराएको उल्लेख गर्दै अन्य संघ संस्था तथा व्यक्तिहरुबाट समेत सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्