Skip to content
Recent News
८ मंसिर २०८१, शनिबार

मुटु परिक्षण शिविरः गम्भीर विरामीको चीनमा उपचार

Click media

दोलखा/अन्नपूर्ण न्युरो अस्पताल काठमाडौँ र चीनको युनान स्थित फुवाई युनान कार्डियो भाष्कुलर अस्पतालले सदरमुुकाम चरिकोटमा रहेको कालिञ्चोक माध्यामिक विद्यालय र शैलुुङ गाँउपालिका वडा नम्बर– ८ भैसे स्थित शारदा माध्यामिक विद्यालयमा मुुटुु परिक्षण शिविर सचालन गरेको छ ।
मुटुु परिक्षण शिविरको समन्वय समाजसेवी शोभित उप्रेती, कुमार कार्की, एसएस फाउण्डेशन काठमाडौँका अध्यक्ष बरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतले गर्नु भएको थियो ।
सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक माध्यामिक विद्यालयमा सञ्चालन भएको शिविरमा कक्षा– ८ सम्म अध्यन गर्ने दुुई हजार तीन सय ८३ जना विद्यार्थीको मुुटुको परिक्षण भएको विद्यालयका प्रधानाध्यापक शम्भु गौतमले बताउनु भयो ।
मुटुको परिक्षण गरिएका विद्यार्थीहरु मध्य एक सय २४ जनामा मुुटुको समस्या देखिएको र त्यस मध्य ६ जना विद्यार्थीको मुुटुुमा गम्भीर समस्या देखिएको अन्नपूर्ण न्युरो अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तले बताउनु भयो । गम्भीर समस्या देखिएका ६ जनालाई अभिभावक सहित चीनको युनान स्थित फुवाई युनान कार्डियो भाष्कुलर अस्पताल लगेर निशुल्क उपचार गरिने डा. पन्तले बताउनु भयो ।


त्यसैगरी शैलुुङको शारदा माध्यामिक विद्यालयमा सञ्चालन भएको शिविरमा विद्यार्थी र अभिभावक गरी एक हजार भन्दा बढीको मुुटुुको परिक्षण गरिएको समाजसेवी कुुमार कार्कीले बताउनु भयो । त्यसरी परिक्षण गरिएको विद्यार्थीहरु मध्य १७ जनामा समस्या देखिएको र ७ जनालाई गम्भीर समस्या देखिएको फुवाई युनान कार्डियो भाष्कुलर अस्पतालका डाक्टर तो लिनले बताउनु भयो ।


गम्भीर समस्या देखिएको ७ जनालाई अभिभावकको अनुमति भयो भने फुवाई युनान कार्डियो भाष्कुलर अस्पतालमै लगेर उपचार गरिने डा. तो लिनले बताउनु भयो । उहाँले फुवाई युनान कार्डियो भाष्कुलर अस्पतालले यस्तो शिविरलाई निरन्तरता दिन चाहेको पनि बताउनु भयो । शिविरमा अन्नपूर्ण न्यूरो अस्पतालका डा. प्रेमराज बैद्य, डा. समिर आचार्य लगायतको टिम र चिनिया डाक्टरहरु को टिम सहभागि थियो ।
शैलुुङमा सञ्चालन भएको शिविरमा वडा नम्बर– ८ का वडा अध्यक्ष धन बहादुर तमाङ, पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, समाजसेवी प्रविण थपलिया, पर्यटन व्यवसायी रुद्र थपलिया, शारदा माध्यामिक विद्यालयका प्रधानाध्यापक मान बहादुर तमाङ लगायतले सहजिकरण गर्नु भएको थियो ।

NLICL

प्रतिक्रिया दिनुहोस्