Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

आफुले गरेको काममा सन्तुष्ट छु– हिराकुमार तमाङ

Click media

हिरा कुमार तमाङ, दोलखाको मेलुङ गाँउपालिकाका अध्यक्ष । नेकपा एमालेको युवा नेता तमाङ २६ बर्षको उमेरमै जनप्रतिनिधिको रुपमा जनताको अधिकार र विकास तथा समृद्धिको लागि सक्रिय बन्नु भयो । नेकपा एमाले दोलखा जिल्ला कमिटी सदस्य तथा सचिव भएर पार्टी संगठनको काममा समेत सक्रिय रहनु भएका तमाङ बिभिन्न संघ– संस्थामा आवद्ध भएर सामाजिक काममा समेत सक्रिय रहनु भयो ।
२०५४ सालमा तत्कालिन घ्याङसुकाठोकर गाविस वडा नम्बर ५ को वडा अध्यक्ष बन्नु भएका तमाङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलुङ गाँउपालिका वडा नम्बर ३ को वडा अध्यक्ष तथा पालिकाको प्रवक्ता बन्नु भएको थियो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेलुङ गाँउपालिकाको अध्यक्षमा निर्वाचित तमाङसंग पत्रकार बुना घिमिरेले गर्नु भएको कुराकानि ।

आराम हुनुहुन्छ ?
आराम छु ।

अहिले के मा व्यस्त हुनुहुन्छ ?
विशेष त, म अहिले पालिकामै व्यस्त छु । पालिकाको चालु वर्षका विकासका योजनाहरु सम्पन्न गर्ने तर्फ हामी छौ त्यसैले अलिक बढि पालिकामा व्यस्त छु । त्यसैगरी म राजनीतिमा पनि व्यस्त छु ।

गाँउपालिका भन्ने वितिकै स्थानीय सरकार, जहाँ सबै अधिकार पुगेको छ, सिंहदरबारको अधिकार गाउँ –गाउँमा पुगेको छन् । घर घरमा, जनताको ढोका ढोकामा पुगेको छ भन्ने विश्वास गरिन्छ । तपाई त्यहाँ बसेर जिम्मेवारी सम्हालि रहदाँ साच्चै सिंहदरबारको अधिकार गाउँमा पुगेको रहेछ ? जनताको घर दैलोमा पुराउन सक्ने अवस्था रहेछ ?
हामी संहियताको प्रारम्भीक चरणमै छौ । विषेश त नेपालको राजनीतिमा २०६२÷६३ को जनआन्दोलन पछि सविधान निमार्णमा धेरै समय लाग्यो । २०७२ सालमा संविधान जारी भए पछि २०७४ सालमा स्थानीय तह, संघ, प्रदेशको निर्वाचन भयो । स्थानिय र प्रदेश सरकार निमार्ण भए पछि अहिले हामि यसको प्रारम्भीक चरणमा छौ ।
अधिकारको हिसाबले भन्दा गाँउमा सबै अधिकार छ, तर त्यसको कार्यान्वनको लािग औजार, कर्मचारी, वित्तिय, प्रशासनिक संहियता अझै पुर्ण रुपमा प्राप्त हुन बाँकी छ । राजनीतिक अधिकार प्राप्त हुने बितिकै सबै अधिकार प्राप्त भयो भन्नु चाँही स्वभाविक पाटो हो । राजनीतिक अधिकारसँगै वित्तिय अधिकार, प्रशासनिक अधिकार, भौतिक अवस्था कस्तो छ ? भन्ने रहन्छ ।
अझै आवश्यक कुरा प्राप्त नहुदा हामीलाई समस्या छ । अधिकार छ, सिंहदरबार पनि गाँउमा आएको छ, नआएको भन्न हामीले मिल्दैन तर हाम्रा नागरिकको असिमित अपेक्षा, हाम्रो सिमित श्रोत साधनलाई सन्तुलन गरेर परिचाल गर्न सकिएन भने अधिकारले मात्रै पनि खासै केहि हुन्न भन्ने कुरा पुष्टी पनि हुदै जान्छ । हामी स्थानीय सरकार, संघ, प्रदेश सरकारले व्यवस्थीत तरिकाले राज्य सञ्चालन गर्नु पर्छ । जनताको मागलाई प्राथमिकीकरण गर्दै काम गर्नुपर्छ ।
यसमा सुधार भनेको राजनीतिक सुधार नै पहिलो सुधार हो । राजनीतिक सुधार हुन सकेन भने अन्य सुधार हुनै सक्दैन । एउटा उखान छ, मुहान सफा छैन भने तपाईले सफा पानीको परिकल्पना गर्नु व्यर्थ छ । अहिले हामि राजनीतिक रुपमा संक्रमणमै छौ । हामीले ६ वर्षमै ठुलो कल्पना गर्नु हुन्न । सबै राम्रो नै राम्रो पनि हुन्न । तर योजना, कामका सुरुवात चाही हुनु पर्छ । र भएका छन् । सुरुका चरणमा टहराबाट सुरु भएको स्थानीय तहको सेवा प्रवाहको काम अहिले संस्थागत संरचना बनेर त्यहाँबाट सेवा प्रवाह भएका छन् । विकास निमार्णको संस्थागत सुरुवात भएको छ । ऐन कानुन बनेका छन् । जनताको अधिकार शुनिश्चीत गर्न र जनताको घर घरमा विकास पुराउन म लागि परिरहेको छु ।

यसो भनि रहदा अधिकार सम्पन्न स्थानीय तहमा सेवा प्रवाहमा सुविधा तलसम्म पुराउन मन कतिको फराकीलो बनाएको छ, स्थानीय सरकारले ?
मन फराकिलो नै छ । मन सँगै धन पनि आवश्यक छ । यसको अर्थ के हो भने स्थानिय तहमा काम गर्न, भएका योजना छिटो सम्पन्न गर्नलाई मात्र पनि यति व्यग्र गतिमा काम गरेका छन् स्थानीय तहले । किन कि निर्वाचित जनप्रतिधिको अवधि पनि ५ वर्ष हो । ५ वर्ष भित्रमा स्थानीय तहको सबै क्षेत्रमा सकरात्मक परिवर्तन आफ्नै पालोमा आवस भन्ने चाहान हुन्छ ।
यसरी काम गर्दा हामी राजनीतिबाट आएका व्यक्तिलाई आफ्नो राजनीतिक छवि प्रवल हुर्दै, माथिल्लो तहमा पुग्न एउटा आधार हुन्छ । हुन त राजनीतिमा पनि जनताको समस्या समाधान गर्न भनेर लागेका हौ । यसमा मन खुम्चाउनु पर्ने छैन् । जनताकै लागि जनताकै भोटले जितेको हो, यो कुरा हामीले भुल्न हुदैन ।

मेलुङ गाँउपालिकाको कुरा गरौ, त्यहाँको विकासको कुरा गरौँ । यहाँ युवा जनप्रतिनिधी, यहाँले जेष्ठ नागरीक, बालबालिका, युवा सबैलाई बुुझनु भएको छ । ७४ मा वडा अध्यक्षमा भारी मतका साथ विजयी भएर वडामा तत्लीन भएर काम गर्नु भयो । अहिले पालिका अध्यक्ष भएर पालिकामा काम गरिरहनु भएको छ । पालिकाको कामको कुरा गर्दा अहिले पालिकामा कस्तो काम गरेजस्तो लागेको छ ? राम्रै सकियो या ठिकठिकै ?
राम्रै– राम्रै भयो त म भन्दिन, यो हामीले भन्दा जनताले मुल्याङ्कन गर्ने कुरा हो । मैले गरेको काम प्रति म भने सन्तुष्ट छु । मेरो सेवा प्रवाह पहिलो सर्त हो सेवा चुस्त दुरुस्त र व्यवस्थीत हुनु पर्छ भन्ने हो । जनतालाई सेवा प्राप्तको लागि रोक्नु हुन्न कुनै पनि बाहानामा यो मेरो मान्यता हो । राजनीतिको सिद्धान्त अनुसार हामी बर्तमानमा अहिले चलेका छौ । अब मेलुङको सन्दर्भमा यहाँको भौतिक संरचना बनाउने शिक्षा, स्वास्थ्य, कृषि, लगायतका धेरै क्षेत्रमा हामीले काम गरिरहेका छौ ।

काम त गर्नु भएकै छ । जस्तो यहाँहरुले स्वरोजगारका कुरा पनि बेला बेला गरेकै सुनिन्छ । कुरा मात्रै गरिरहनु भएको छ कि साच्चै युवाहरुलाई स्वरोजगार बनाउने तिर पनि ध्यान दिएर काम गर्नु भएको छ ? फेरि यो त निर्वाचन ताका एउटा एजेण्डा पनि बनेको थियो हैन र ?
हामीले ठूलो एजेण्डा निर्वाचनको बेलामा पनि उठाएनौं, त्यो एजेण्डा अहिले पनि तपाईले हेर्न सक्नु हुन्छ । तर कुरा के हो भने नागरीकका आधारभूत आवश्यकता पूरा गर्दै जानुपर्छ । ति आधारभुत आबश्यकता पुरा गर्न नसके हामी नेतृत्व तहमा बसिरहनुको कुनै औचित्य हन्ुन । हुन्छ त ? हो त्यसैले हामीले पलिकामा सिपमुलक तालिम दिएका छौ नागरीकलाई । हामीले उद्यमशिलताका कार्यक्रम सुरुवात गरेका छौ । कृषिमा हेफर संस्थासँग मिलेर आधुनिकीरण सहित थुप्रै महिला र युवाका कार्यक्रम सुरु भएका छन् । ति कार्यक्रमबाट उनीहरु स्वरोजगार बन्ने छन् । यसको नतिजा तत्तकाल हैन विस्तारै देखिदै जाने छ । पोषण सुधारका कार्यक्रम छन् । १२ महिना मध्ये कम्तिमा पनि सात÷आठ महिना त महिला स्वरोजगार हुने गरि सिप प्रदान गरेका छौ । हामीले अझै व्यवस्थीत ढंगले व्यवसाय सञ्चालन गर्न सक्ने वाताबरण बनाउने छौ । यो सुरुवाती चरण हो ।

हजुर , अब यहाँहरु निर्वाचित भएर आए पछिका कामहरु केहि त भन्नु भयो, कतिपय नागरीकले अब खोज्न थाले पालिकामा के के काम भए त भनेर । मुख्य कामहरु के के गर्नु भयो ?
हामीले भौतिक पूवाधारलाई अहिले पहिलो प्राथमिकतामा राखेका छौ । यहाँका सड़क, सिँचाइ, खानेपानी लगायत जनताको आवश्यकता के हो ? त्यसको आधारमा कार्यक्रम सञ्चालन भएका छन् । जुन कुरा यहाँहरुले पनि देख्न सक्नु हुन्छ । हामीले शासकिय सुधारका कार्यक्रम, शिक्षा, स्वास्थ्य, संस्थागत सुधारका कार्यक्रम संञ्चालन गरेका छौ । तर शिक्षाको सुधार अझै हामीलाई चुनौतीको विषय बनेको छ ।
अघि पनि यहाँले कुरा गर्दै हुनुहुन्थ्यो बजेटको कुरा, खास यहाँ प्रदेश राजधानी तिर कतिको पुग्ने गर्नु हुन्छ बजेटको लागि भनेर ?
म गत वर्ष धेरै पटक गए हेटौडा । तर बजेट आएन् । म निराश भए । त्यस पछि भने बजेट हाल्दीनुस भन्दै म हेटौडाँ गएको छैन् । जनताको पक्षमा विकास बुझेको मन्त्री हुदाँ हामी त्यहाँ राजधानीसम्म पुग्नै पर्दैन ।

बजेट निमार्ण गर्ने योजना बनाउने कुरा त प्रक्रिया अनुसार नै चल्ने कुराहरु हुन, प्रक्रियामै जान्छ । आबश्यकता कता छ ? के गर्नु पर्छ भन्ने हुन्छ । यसमा बजेट माग्दै, योजना माग्दै स्थानीय सरकार जानु नपर्ने हैन र ?
जान नपर्ने त हो । हामी आफै स्थानीय सरकार, हामीसँग सबै कुरा छ । यो भन्दैमा हामीसँग प्रयाप्त स्रोत साधन छैन । मेनपावर प्रर्याप्त छैन । म पनि जान नपाए हुन्थ्यो भन्ने पक्षमै छु । संघ, प्रदेशले समानुपातीक ढंगले बजेट योजना दिने हो भने हामी गई रहन पदनै नि, तर त्यसरी आउर्दैन भने त फेरी जानु परिहाल्यो । छिमेकी पालिकामा बजेट आको आई हाम्रोमा छैन भने जानै पर्छ । तर यस्तो खाले बजेट माग्दै जाने प्रविधिको अन्त हुनै पर्छ । नत्र सोचेको जस्तो समृद्धि हासिल हुर्दैन ।

स्थानीय सरकारले संघिय सरकारलाई मात्रै सरकार मान्छन् रे, मान्नु हुन्छ रे ? यदाकदा यस्तो आरोप पनि स्थानीय सरकारलाई लाग्छ ? तर प्रदेश सरकारलाई मान्दैनन् रे, के तपाईलाई त्यस्तो लाग्छ ?
मलाई त लाग्दैन, म त नजिक नै प्रदेश सरकारसंग छु । प्रदेश सरकार भए बापत नै त धेरै कार्यक्रम संञ्चालन भएका छन् । हामीलाई धेरै वजेट नै प्रदेश सरकारकारबाट आएको हुन्छ । अनि प्रदेश सरकारलाई किन सरकार नमान्ने ।

यहाँ संघियता भन्दा अगाडी पनि वडा अध्यक्ष भएर काम गर्नु भयो । अहिले संघियता पछि पालिका प्रमुख भएर काम गरि रहनु भएको छ, संघियता अगि र पछिमा के भिन्नता पाउनु भयो ?
म ५४ सालको वडा अध्यक्ष हो । त्यति वेला गाविस थियो । त्यो सेवा केन्द्र हो, सेवा केन्द्र भनेको अहिलेको वडा कार्यालय हो । अहिले त्यो बेलाको भन्दा वढी अधिकार छ । र हामी स्थानिय सरकार हो । यसले आफ्नो अधिकार अनुसार, वजेट बनाउने कार्यक्रम बनाउने अर्थात सरकारसँग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका छ । अहिले म सरकारको नेतृत्वमा छु । त्यति खेर सेवा केन्द्रको नेतृत्वमा थिए । अहिले सरकारले गर्ने सबै काम म गर्छु । त्यति खेर सेवा गर्थे । अहिले राज्य संचालन गर्छु फरक यति हो ।
अब हामी सुशासनका कुरा गरौँ, पालिकाले सुशासनलाई कतिको मध्येनजर गरेको छ ?
सुशासन हाम्रो पहिलो सर्त हो । सुशासान विनाको पारदर्शिता र पारदर्शिता विनाको शुसासन कल्पना गर्न सक्दैनौँ । यि दुवै एक अर्काको परिपुरक हुन । हामी यसै अनुरुप अगि बढेका छौ ।

पालिकाले हालसम्म गरेका उदाहरणीय कार्य के के हुन ?
पालिका भवनको लागि केन्द्र तोकियो, जग्गा प्राप्तीको काम भयो, भवन निमार्णको लागि अहिले टेण्डरको काम भएको छ । शिक्षा सुधारको लागि नीतिगत सुधार गरेका छौ । स्वास्थ्य तर्फ सबै वडाहरुमा वर्थिङ सेन्टर स्थापना भएका छन् । विद्यार्थी केन्द्रित अनुदानको व्यवस्था भएका छन् । यो हाम्रो कार्यकालको एउटा उपलब्धी मान्नु पर्छ । तामाकोसी देखि सिटे सम्म ६ दशमलव ६ किलो मिटर सडक कालोपत्रेको लागि टेण्डरको पक्रियामा छौ हामी, यो पनि अर्को राम्रो काम हो । बच्चा जन्मने बितिकै पोषण भत्ताको व्यवस्था गरेका छौ । ग बर्गको अपाङ्गता भएका व्यक्तिलाई भत्ताको व्यवस्था छ । कुनै परिवारको सदस्यको मृत्यु भएमा मृतकको परिवारलाई रकम सहयोग, स्थानीय स्वास्थ संस्थामा सुत्केरी हुन नसक्ने आमालाई यातयात खर्च दिने, कृषि एम्बुलेन्सको अवधारणा पनि ल्याएका छौ । तर यसको सुरुवात भने हुन सकेको छैन छिट्टै नै सुरुवात गर्ने छौ ।

हुन त यहाँहरु अहिले बजेट कार्यान्वयन पनि गरिरहनु भएको छ ? योजना समयमै सम्पन्न गर्न के गरिरहनु भएको छ ? खासमा असारे विकास धेरै भयो भन्ने पनि सुनिन्छ । असारमा धेरै काम गर्ने गुणस्तरीयता पनि नहुने भन्ने कुरा आउछ नि ?
होला, अरु स्थानीय तहमा तर हामीसंग असारे विकास छैन । म आए पछि यसको अन्त भएको छ । हामीसंग बैशाखे विकास मात्रै छन् । बैशाख १५ भित्र सबै योजना सम्पन्न गरि रकम भुक्तानी गछौ । त्यस पछि कुनै योजनाका काम हुदैन् ।

तपाईहरुले दिर्घकालिन योजना पनि बनाउनु भएको छ ?
यो त हामी बजेट निमार्णको चरणमै बनाउछौ । त्यहाँको आबश्यकताको आधारमा बनाउछौ । यस सँगै हाल हामीले अहिले १२ महिना बोलेरो पुग्ने सडक बनाएका छौ, यि सडकमा दिर्घकालीन रुपमा काम हुन्छ । अझै हाम्रा योजना भनेका छन् । शिक्षालाई जिवन उपयोगी बनाउने, स्वास्थ्यलाई सर्वसुलभ बनाउने, कृषिलाई आधुनिकिकरण वनाउने, स्थानियलाई गाउमै वस्ने वातावरण बनाउने, जेष्ठ नागरिक र लक्षित वर्गलाई आफु सुरक्षित छु भन्ने वातवरण बनाउने, शुशासन र पारदर्शिता ढंगले काम गर्दै पालिकाबाट सेवा प्रवाहलाई चुस्त दुस्त बनाउर्दै लैजाने हाम्रो योजना छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्