Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

लहानमा सुन तस्करको सञ्जाल

Click media

लहान / अल्लाउदिन रायनको मात्रै नभएर सिरहाको लहानमा सुन तस्करीमा संलग्न अन्य समूहहरूको पनि भेद खुल्दै गएको छ ।
बिभिन्न अावरणमा रहेका समाजमा स्थापित ब्यक्तिहरू सुन तस्करीमा सक्रिय रहेको सुचना प्राप्त भएको छ ।

अल्लाउदिनको यस्तो छ जालो

लहानमा कपडा पसल सञ्चालन गर्दै आएका अल्लाउदिन रायन नेतृत्वको समूहले लहानलाई केन्द्र बनाएर सुन तस्करी गर्दैआएको रहश्योद्घाटन भएको हो ।
अल्लाउदिन रायनसँगै शत्रुधन , कमलउदिन रायन लगायतको समूह सुन तस्करीमा संलग्न रहेको पाईएको हो । उनिहरूको नाईके भने अदृष्य छ ।

अल्लाउदिन रायनको यो समूहले दुवई , कतार , साउदी लगायतका खाडी मुलुकहरूबाट गहनाका रूपमा सुन नेपाल भित्रयाएर स्थानिय सुन गहना पसलमा सप्लाई गर्दै आएको स्रोतको दाबि छ ।
बताईएअनुसार , बैदेशिक रोजगारीका शिलशिलामा खाडी मुलुक गएका मधेशका युवाहरू मार्फत सुन नेपाल भित्र्याउँदै आएको धेरै भयो ।
नेपाल घर फर्कन लागेकाहरूलाई ५ देखी १० हजार रूपैयाँ दिएर ब्रासलेट , बाला , सिक्री , अौँठी , कानको मुन्द्रा लगायतका गहनाहरू लगाउन दिएर सुन नेपाल भित्र्याउदै आएको बताईन्छ ।
बिदेशमा एयरपोर्टमै नेपाल फर्किन लागेका युवाहरूको पहिचान गर्ने र उनिहरू मार्फत सुन डेलिभरी गराउन सक्रिय समूहले डेलिभरीमा संलग्नहरूको फोटो गहना लगाएर खिचिन्छ र उनिहरूको पासपोर्टको फोटो पनि नेपालको एयरपोर्टमा सुनको गहना रिसिभ गर्न तैनाथ समूहलाई ह्वाट्सयप गरिन्छ ।
त्यही फोटोका आधारमा डेलिभरीमा संलग्नहरूलाई कबुल गरिएको पैसा दिएर नेपालको एयरपोर्टमा उनिहरूले गहनाका रूपमा लगाएर आएको सुन संकलन गरिने गरिन्छ ।
एयरपोर्टमा संकलन गरिएको सुन लहानस्थित अल्लाउदिनले खोलेको रेडिमेड कपडा पसल युनिक फेशन सेन्टरमा आईपुग्ने गरेको छ ।
रायनले सरकारले तोकेको दैनिक मुल्यभन्दा तोलाको ६ हजार रूपैयाँसम्म सस्तोमा दिने र बिक्रि गर्दा ग्हाकहरूबाट लिईने राजश्व बापतको रकम मुनाफा लिदैआएका छन् ।
यस तर्फ सरोकारबाला निकायले तत्काल छानबिन गरेर कार्वाहीको दायरामा ल्याउनुपर्ने माग उठेको छ ।

अल्लाउदिनको समूहले त्यसरी गहनाको रूपमा मासिक एक किलो सम्म सुन लहान भित्र्याउने गरेकाछन् भने अल्लाउदिनको समूहले तस्करी गरेको सुन लहानमा कसले खरिद गर्छ भनेर खुलेको छैन ।
लहानमा अवैधरूपमा संकलित सुन राजबिराज , गोलबजार , मिर्चैया , गाईघाट , कटारी लगायतका ब्यापारिक केन्द्रहरूमा वितरण गरिने गरेको स्रोतको दाबि छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्