काठमाडाै ।एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ। ललितपुर र भक्तपुरसहित १७ जना सीडीओ सहित सरुवा भएको गृह मन्त्रालयले जनाएको छ।
त्यस्तै, विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव र सहायक सीडीओको पनि सरुवा भएको छ ।
भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् भने भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणका सरुवा गरिएको छ।
त्यस्तै ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने ललितपुरमा रमेश ढकाललाई सीडीओ बनाएर पठाइएको छ।
हेर्नुस् सूचीः
प्रतिक्रिया दिनुहोस्