डोल्पा । यतिखेर डोल्पाका किसानहरुलाई आफ्नो खेत–बारीमा उत्पादन भएको अन्नबाली भित्र्याउने चटारो परेको छ ।
खेत–बारीमा लगाईएको, गहु ,मकै, कोदो, चिनु, फापर, उवा, सिमि आलु, कागुनो,भित्र्याउनको लागि डोल्पाका किसानलाई भ्याइनभ्याई भैरहेको छ । यहाँ उत्पादित अन्नबालीले यहाँका किसनलाई बर्षभरी खान अपुग हुन्छ ।
उनीहरु खाद्य संस्थान र अन्य तरिकाबाट त्यहाँ पुग्ने खाद्यान्नको भर पर्नुपर्ने बाध्यता जुगौदेखि रहँदैआएको छ ।
परम्परागत खेति गरेकै कारण यहाँ तुलनात्मक रुपमा कम उत्पादन हुने गरेको छ । खेत–बारीमा उत्पादन कम भएपछि वर्षभरी खाद्यान्न पुग्ने कुरै भएन । त्यसकारण पनि यहाँका स्थानीयहरु खाद्यान्नको लागि परनिर्भर हुनुपर्ने देखिन्छ ।
स्थानीय स्तरमा उत्पादन हुने चिनु धानको उत्पादन पनि कम नै हुने गरेको छ । यस्तै केही स्थानमा मात्र रोपिने मार्सी धान उत्पादन भए पनि धेरै कम मात्रामा हुने गरेको छ । अहिले ती धानमा विभिन्न खालको रोग लागेका कारण उत्पादनमा कमी भएको किसानहरुको गुनासो रहेको छ ।
यहाँ उत्पादन भएका स्याउले बजार पाउन पनि गाह्रो छ । यातायातको सहज पहुँच नहुँदा यहाँ फलेको स्याउ बजारसम्म लैजान मुस्किल हुने गरेको छ । बजारसम्म लैजान नसक्दा किसानले उचित मूल्य समेत पाउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्