Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

अपहेलना मुद्दामा दाेषी ठहर भएपछि पत्रकारद्वय जेल गए

Click media
काठमाडौं । अदालतको अवहेलना  मुद्दामा दाेषी ठहर भएका सिधा कुराका पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान भएका छन् । उनीहरू हिजै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् ।

फेसबुकमार्फत पत्रकार ढुंगानाले सर्वोच्च अदालतको फैसलालगत्तै फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ । प्रिय पाठक र स्रोताहरु हामी फेरि समाचार लेख्नै आउने छौँ । हामी समाचार लेख्न नै जन्मिएका हौँ। समाचारको धर्मबाट कहिल्यौ बिचलित हुने छैनौं ।’

NLICL

प्रतिक्रिया दिनुहोस्