डाेल्पा । कर्णालीमा सहज रुपमा सवारी आवागमन गराउनका लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाईएकाे छ ।
जिला प्रशासन कार्यालय प्रमुख राेम बहादुर महतलाई डोल्पा जिल्ला नागरिक समाजका अध्यक्ष सेर बुढा र कार्णाली अधिकार सम्पर्क समिति डोल्पा प्रतिनिधि कमल बहादुर बुढा लगायतले ध्यानाकर्षण पत्र बुझाएका हुन्।कर्णालीका नागरिक समाज र पत्रकारहरुकाे संयुक्त टाेलीले ज्ञापनपत्र बुझाउने काम भएकाे हाे ।
ज्ञापनपत्रमा कर्णालीमा हुने यातायातका साधनहरुमा स्थानीयहरुकाे पहुँचमा पुर्याउन पहल गरिएकाे छ । हवाइ तथा सडकमार्गमा प्रयाेग हुने सवारी साधनले स्थानीलाई मर्का परेकाेले त्याे समाधान गर्न समेत ज्ञापनपत्रमा आह्वान गरिएकाे छ ।
निजी तथा सरकारी हवाई कम्पनीले कर्णालीका जनतालाई सेवा दिनुकाे सट्टा पर्यटकहरुलाई विशेष प्राथमिकता दिएकाेमा समेत ज्ञापन पत्रमा आपत्ति जनाईएकाे छ ।
हेर्नुहाेस् ज्ञापनपत्र:
प्रतिक्रिया दिनुहोस्