Skip to content
Recent News
८ मंसिर २०८१, शनिबार

कार्यवाहक प्रधानमन्त्री सिंह र सचिवबीच कार्यसम्पादन सम्झाैता

Click media

काठमाडाै । कार्यवाहक प्रधानमन्त्री  उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता भएकाे छ।

कार्यवाहक प्रधानमन्त्री सिंहले आज (मंगलबार) मन्त्रालयमै कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।

भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए ।  सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउनका लागि मन्त्री र सचिवबीच सम्झौता भएको हो ।

उनले मन्त्रालयको कामलाई जनताले अनुभूति गर्ने गरी  अगाडी बढाउन पनि सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सचिव गेलालले मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने व्यवस्थित र योजनावद्ध शहरी विकास, सुरक्षित र किफायती आवास, सुलभ र प्रकोप प्रतिरोधी भवन, स्थानीय पूर्वाधारको क्षेत्रमा सञ्चालित आयोजना र कार्यक्रम तथा सेवा प्रवाहमा सुधार, तोकिएको समयावधिमा आयोजना सम्पन्न गर्ने, विकास निर्माण र सुशासनमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनावद्ध शहरीकरणद्वारा राष्ट्रको विकास गर्ने गरी कार्यसम्पादन सम्झौता गरेको बताईए छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्