Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

च्छो– रोल्पा अस्पतालमा धानीमायाको निशुल्क अप्रेशन

Click media

चरिकोट/आर्थिक अभावकै कारण विगत एक बर्ष देखी पाठेघरमा पलाएको ट्युमरको पीडा सहेर बस्न बाध्य सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका वडा नम्बर– ८ की धानीमाया तमाङको चरिकोट स्थित च्छो– रोल्पा अस्पतालले निशुल्क अप्रेशन गरिदिएको छ ।
पाठेघरको ट्युमरका कारण आमाले विगत एक बर्षदेखी पेटको पीडा खप्दै आउनु भएको थियो छोरा अनिल लामाले भन्नु भयो– दोलखा सदरमुकाम चरिकोटको च्छो– रोल्पा अस्पतालमा डा. विनोद दंगालको टिमले निशुल्क अप्रेशन गरी सात केजीको ट्युमर निकालीदिएपछि आमाले नयाँ जीवन पाउनु भएको छ ।
६७ बर्षिय धानीमाया तमाङको परिवार आर्थिक रुपमा अत्यन्तै नाजुक रहेकोले साँगागढीचोक नगरपालिका वडा नम्बर– ८ ले सहुलियतको लागि सिफारीस गरिदिएपछि अनिल आमाको उपचारको लागि शुक्रवार चरिकोट स्थित च्छो– रोल्पा अस्पताल आउनु भएको हो ।
चरिकोटको च्छो– रोल्पा अस्पतालले पाठेघरको ट्युमरको निशुल्क अप्रेशन नगरिदिएको भए आर्थिक अभावककै कारण अरु कतिबर्ष आमाले पीडा खप्नुपर्ने थियो छोरा अनिलले भन्नु भयो– नीजि अस्पतालले आमाको निशुल्क अप्रेशन गरिदिएर हामी विपन्न परिवारलाई खुशी दिएको छ ।
विपन्न वर्गको मानिसले आर्थिक अभावकै कारण रोग पालेर बस्न नपरोस भन्ने उदेश्यले धानीमायाको निशुल्क शल्याक्रिया गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डा. विनोद दंगालले बताउनु भयो । धानीमायालाई एक वर्ष अघि देखि पाठेघर सम्बन्धि समस्या देखिएको रहेछ, डा. दंगालले भन्नु भयो– आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गर्न नसकेको देखिएपछि निशुल्क शल्यक्रिया गरिदिएको हो ।
च्छो–रोल्पा अस्पतालले औषधिको केही शुल्क वाहेक शल्यक्रिया सहित अन्य खर्च नलिएको डा.दंगालको भनाई छ । धानीमायाको पाठेघरको ट्युमरको अप्रेशन अन्य अस्पतालमा गरिएको भए झण्डै ७० हजार खर्च हुने डा. दंगालले बताउनु भयो ।
च्छो– रोल्पा अस्पतालले कमजोर आर्थिक अवस्था भएका विपन्न वर्गलाई विगत देखिनै सहुलियत सहित निःशूल्क उपचार सेवा दिने गरेको र धानीमायालाई पनि त्यसैगरी निशुल्क अप्रेशन गरिदिएको अस्पतालका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठले बताउनु भयो ।

NLICL

प्रतिक्रिया दिनुहोस्